Rule 16B
सम्झौता गर्नु पूर्व स्वीकृति लिनु पर्नेः
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रसारण संस्थाले विदेशी पक्षसँग गरेको सम्झौता बमोजिम विदेशी मुद्रा भुक्तानी गर्नु पर्ने भएमा मन्त्रालयबाट सम्झौता गर्नु पूर्व स्वीकृति लिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम पूर्व स्वीकृतिको लागि अनुरोध भई आएमा आवश्यकता अनुसार मन्त्रालयले नेपाल राष्ट्र बैङ्क वाः अन्य निकायको सिफारिस माग गर्न सक्नेछ। त्यसरी माग भएको सिफारिस सम्बन्धित प्रसारण संस्थाले उपलव्ध गराउनु पर्नेछ।